विश्वका सबैभन्दा वृद्ध व्यक्ति नोनाकाको मृत्यु

Posted on: 22 Jan, 2019

माघ ८, काठमाडौं । विश्वको सबैभन्दा पाको उमेरका व्यक्तिको मृत्यु भएको छ । जापानका १ सय १३ वर्षका मसाजो नोनाकाको होक्काइडोस्थित आफ्नै घरमा निधन भएको हो ।

मसाजोको परिवारले जनाए अनुसार उनको सुतेकै अवस्थामा आइतबार बिहान मृत्यु भएको छ ।


गत वर्ष १ सय १२ वर्ष २५९ दिनको उमेरमा मसाजो विश्वको सबैभन्दा पाको उमेरको व्यक्तिको रुपमा गिनिज बुकमा दर्ज भएका थिए ।

उनको जन्म सन् १९०५ को जुलाई २५ मा भएको थियो । अल्बर्ट आइन्स्टाइनले आफ्ना सापेक्षताको सिद्धान्त प्रकाशन गर्नु केही अघि उनी जन्मिएका थिए ।

१ सय १३ वर्षको उमेरसम्ममा पनि उनी हरेक दिन पत्रिका पढ्ने, टेलिभिजनमा सुमो तथा नाटकहरु हेर्ने गर्दथे ।

जापान अहिले विश्वमा सबैभन्दा धेरै औषत आयु भएका नागरिकहरुको देशको रुपमा रहेको छ । जापानका जिरोमोन किमुरा मानव इतिहासमै सबैभन्दा धेरै बाँच्ने व्यक्तिको रुपमा रहेका छन् । उनको १ सय १६ वर्ष ५४ दिनको उमेरमा सन् २०१३ मा मृत्यु भएको थियो । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!