चिनियाँ किशोरको दैनिकी सवा नौ घण्टा सुत्ने, एक घण्टा ४४ मिनेट खानका लागि

Posted on: 25 Jan, 2019

माघ ११, बेइजिङ (रासस/सिन्ह्वा) | चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेको पाइएको छ । उनीहरुले दैनिक एक घण्टा ४४ मिनेट खानका लागि विताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको छ । 

नागरिकहरुको दैनिकी सम्वन्धमा गरिएको सर्वेक्षणको नतिजामा सर्वेक्षणकर्ताहरुले ग्रामिण तथा शहरी क्षेत्रका गरी ४८ हजार ५८० जनालाई उनीहरूको दैनिकी तथा बानीका बारेमा सोधेका थिए । 

सर्वेक्षणमा सहभागीहरु १५ बर्षका थिए । सन् २०१८ मा गरिएको सर्वेक्षणमा देशका ११ प्रदेशका किशोर सहभागी भएका थिए । 

सर्वेक्षणका अनुसार औसतमा हरेक चिनियाँले दैनिक नौ घण्टा १९ मिनेट सुत्ने गरेको पाइएको छ । त्यसैगरी उनीहरुले पैसा कमाउने काममा चार घण्टा २४ मिनेट औसतमा काम गर्ने गरेका अध्ययनले देखाएको छ । 

चिनियाँ नागरिकहरुको सामाजिक काममा सम्लग्न हुने समय भने निकै कम देखिएको छ । दैनिक २४ मिनेट मात्रै उनीहरु सामाजिक काममा समय विताउने गरेका छन् । 

सर्वेक्षणमा सहभागीहरुले शारिरिक सम्वन्धका लागि दिने समय, पैसा लिने र नलिने कामका लागि विताउने समयको पनि सर्वेक्षणकर्ताहरुले विवरण लिएका छन् । 

त्यसैगरी उनीहरुले फुर्सदको समयमा के गर्छन, पढ्न र घुम्नका लागि कति समय दिन्छन, विदाको दिन वा विदा नभएको दिन के के गर्छन् भन्ने बारेमा पनि उनीहरुले अध्ययन गरेका छन् । 

महिलाहरुको तुलनामा पुरुषहरुले दैनिक एक सय मिनेट बढी काम गर्ने गरेको पाइएको छ । तर पारिश्रमिकता नपाइने घरको काम र बच्चा हेर्ने कामका लागि भने महिलाहरुले दैनिक तीन घण्टा ४८ मिनेट विताउने गरेका छन् । जवकी यही कामका लागि पुरुषहरुले भने दैनिक ९० मिनेट मात्रै दिने गरेका छन् । 

चीनमा सवैभन्दा धेरै समय काम गर्नेमा २५ देखि २९ बर्ष उमेर समूहका नागरिक रहेका छन् । उनीहरुले दैनिक आठ घण्टा छ मिनेट काम गर्ने गरेको सर्वेक्षणले देखाएको छ । 

सर्वेक्षणमा सहभागीहरुले दिएको उत्तर अनुसार फुर्सदको समयमा उनीहरुले मनोरन्जनका लागि सवै भन्दा धेरै समय टेलिभिजन हेर्ने गरेका छन् । यस्तो समय सामान्यतः दैनिक एक सय मिनेट हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!