कतारका अमिरले चीनको भ्रमण गर्ने

Posted on: 29 Jan, 2019

माघ १५, बेइजिङ | कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आउँदो बुधबार चीनको दुई दिवसीय औपचारिक भ्रमणमा आउनुहुने भएको छ । 

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा यो भ्रमण हुन लागेको चिनीया विदेश मन्त्रालयले जनाएको छ । 

छिमेकी देशहरुको नाकाबन्दी भोग्दै आएको अरबी मुलुक कतारका अमिरको शक्तिशाली राष्ट्र चीनको भ्रमणलाई महत्वका साथ हेरिएको छ । 

सन् १९८० को जुन ३ मा कतारको राजधानी दोहामा जन्मनुभएका तमिम सन् २०१३ मा अमिर बन्नु भएको थियो । उहाँले १९९८ मा बेलायतको शाही सैन्य प्रतिष्ठानबाट स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!