जिबुटीमा डुङ्गा दुर्घटना: ५२ जनाको मृत्यु, १३० जना वेपत्ता

Posted on: 31 Jan, 2019

माघ १७, जिबुटी | आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको संख्या बिहीबारसम्म ५२ पुगेको छ । 

अफ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेको दुई डुङ्गाहरू शुक्रबार दुर्घटना हुँदा कम्तिमा १३० जना वेपत्ता भएका थिए भने १५ जनालाई जीवित अवस्थामा उद्धार गरिएको छ । 

यसैबीच धेरै मानवीय क्षति हुने यस्ता घटना तत्काल नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघीय निकायहरुले क्षेत्रीय नेताहरुलाई आग्रह पनि गरेका छन् । 

उद्धारकर्ताहरुले घटनास्थल जिबुटीको उत्तरपूर्वी क्षेत्र ओबोकबाट शवहरु निकाल्ने क्रम चलिरहेको बताएका छन् । 

उनीहरुले खोजी तथा उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने पनि बताएका छन् । 

दुर्घटना भएको डुङ्गामा रहेका अधिकांश यात्रु इथियोपियाका नागरिक रहेको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!