अमेरिकाको टेक्सास राज्यमा एक जनालाई मृत्युदण्ड

Posted on: 31 Jan, 2019

माघ १७, वासिङ्टन | प्रहरी अधिकारीको हत्यामा दोषी ठहरिएका एक व्यक्तिलाई अमेरिकाको टेक्सासमा बुधबार मृत्युदण्ड दिइएको छ । तीस वर्षअघि रोबर्ट मिचेल जेनिङ्सले लुटपाटका क्रममा एक प्रहरी अधिकारीको हत्या गरेका थिए । 

जेनिङ्सलाई हन्ट्सभिल कारागारमा स्थानीय समय अनुसार बिहानै ६ बजे मृत्युदण्ड दिइएको थियो । जेनिङ्सले जुलाई १९, १९८८ मा ह्युस्टनको पुस्तक पसलमा प्रहरी अधिकारी एल्स्टन होवार्डलाई गोली हानी हत्या गरेका थिए । 

संयुक्तराज्य अमेरिकामा जेनिङ्स विरुद्ध दिइएको यो मृत्युदण्ड सन् २०१९ को पहिलो घटना हो । 

जेनिङ्स विरुद्ध सन् १९८९ मै मृत्युदण्डको फैसला सुनाइएको थियो । तर माफीको माग गर्दै दर्जनौं मुद्दा अदालतमा दर्ता भएका थिए । 

यसै साता अदालतले उनको पछिल्लो आग्रहलाई अस्वीकार गरेको थियो । 

सन् २०१८ मा अमेरिकामा २५ जनालाई मृत्युदण्ड दिइएको थियो । तीमध्ये टेक्सास राज्यमा मात्र १३ जनाले यस्तो सजाय पाएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!