श्रीपञ्चमीको प्रसाद खाँदा ४० बिद्यार्थी बिरामी

Posted on: 11 Feb, 2019

माघ माघ,  झारखण्ड | भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् । 

पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ । 

झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचारको लागि आएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रेहको बताउनु भएको छ । 

ती बिद्यार्थीहरुलाई बिषाक्त खानेकुरा परेको र उनीलाई पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको खालिदले बताउनु भएको छ । हाल उनीहरुको उपचार भइरहेको खालिदले थप जानकारी दिनु भएको छ । 

यस घटानको अनुसन्धान भइरेहको जिल्ला शिक्षा अधिकारीले बताउनु भएको छ । यस घटनाका दोषीलाई कारबाही गरिने पनि उहाँले जानकारी दिनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!