डिसेम्बरमा अमेरिकी बजेट घाटा १३.५ अर्ब डलर

Posted on: 15 Feb, 2019

फागुन २, वासिङ्टन । अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले बुधबार बताएको छ । 

अघिल्लो बर्षको सोही महिनाको तुलनामा घाटा बजेटमा ४० प्रतिशतको कमी आएको हो । अघिल्लो बर्षको डिसेम्बरमा संघीय घाटा बजेट २३.२ अर्ब अमेरिकी डलर रहेको थियो । अमेरिकाको सम्पूर्ण खर्चमा गत बर्षको तुलनामा चार प्रतिशतले कमी आएको छ भने अमेरिकाको सम्पूर्ण राजस्व संकलनमा गत बर्ष ६.६ प्रतिशतको कमी आएको छ । 

आर्थिक बर्ष २०१९ का लागि पहिलो तीन महिना, अक्टोबर, नोभेम्बर र डिसेम्बर, मा बजेट घाटा तीन खर्ब १८ अर्ब ९० करोड अमेरिकी डलर रहेको देखिएको छ । यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतको बढी हो । 

नियमित तालिका अनुसार उक्त तथ्याङ्क जनवरीको अन्त्यमा सार्वजनिक हुनुपर्नेमा ट्रम्प सरकार र संसदबीचको विवादका कारण सरकारी कार्यालयमा भएको ३५–दिन लामो आंशिक बन्दका कारण ढिलो गरी सार्वजनिक भएको छ । 

अमेरिकाको गत बर्षको डिसेम्बरमा उच्च तीन ठूला खर्चहरू, सामाजिक सुरक्षामा ८४ अर्ब अमेरिकी डलर, राष्ट्रिय सुरक्षामा ५७ अर्ब अमेरिकी डलर र स्वास्थ्यमा ४८ अर्ब अमेरिकी डलर रहेको तथ्याङ्कमा उल्लेख छ । 

अमेरिकाको सार्वजनिक ऋण फेब्रुअरी ११ सम्ममा २२.०१ ट्रिलियन डलर रहेको र यो अहिलेसम्मकै उच्च रेकर्ड हो । 

वासिङ्टनस्थित बजेट अध्ययन गर्ने स्वतन्त्र संस्था, ट्याक्सपेयर फर कमन सेन्सका कार्यकारी उपाध्यक्ष स्टेफेन एलिसले चिनियाँ समाचार संस्था सिन्ह्वालाई दिएको जानकारी अनुसार अमेरिकाको कुल ग्राहस्थ उत्पादनको कर्जा एक तहमा विगत केही दशकदेखि देखिने गरेको छैन । अहिले धेरैजसो युवती उमेर ढल्किसक्दा पनि विवाहका लागि राजी हुँदैनन् । २५-३० वर्षको उमेर सम्म पनि एक्लो जीवन बाँच्दै आएका छन् । उनीहरुलाई अहिले न त विवाहको चिन्ता छ, न त उनीहरुको जीवन जिउने तरीकामै कसैले प्रश्न उठाउने गरेको छ ।

बरु उनीहरुलाई अहिले विवाहको भन्दा पनि करियर बनाउने चिन्ता बढेको छ । हुन त अभिभावकलाई छोराछोरीको विवाहलाई लिएर चिन्ता हुनु स्वभाविक हो । तर आजकलका महिलाहरु आˆनो विवाहलाई लिएर त्यती चिन्तित छैनन् । बरु एक्लो जीवनको मज्जाले आनन्द उठाउँछन् ।

विवाह बन्धनमा बाधिनु पूर्व विवाह गर्नाले आइपर्ने हरेक पलबारे राम्ररी सोचविचार गर्छन् । किनकी आजको युगमा महिलाहरुको अन्तिम लक्ष्य विवाह मात्रै हैन । र, उनीहरुको यो सोचप्रति  आजकलका अभिभावकहरु पनि सहमत हुन थालेका छन् ।  उनीहरुको यो सोचलाई समाजले पनि स्वीकार्न थालेको छ ।

कसरी आयो बदलाव ?

समाजशात्रीहरुका अनुसार आजकलका युवायुवती पढेलेखेका छन् । उनीहरु शिक्षित हुँदै गएका छन् । र, शिक्षाकै करणउनीहरुको मात्र नभएर सम्पूर्ण समाजकै सोच नै बदलिन थालेको छ । मानिसहरुमा आत्मविश्वास जाग्न थालेको छ । उनीहरु आत्मनिर्भर हुन थालेका छन् ।

जसले गर्दा अहिलेका पिढीलाई विवाह गर्नु भन्दा आˆनो करियरमा फोकस गर्नु बढी आवश्यक लाग्न थालेको छ । कयौ महिलाले आˆनो परिवारलाई आर्थिक सहयोग समेत गर्दै आएका छन् । जसले गर्दा उनीहरुका लागि विवाह भन्ने कुरा कम महत्वपूर्ण हुँदै गएको छ ।

त्यतिमात्र हैन, समाजमा हुने बेमेल विवाहले पनि कयौ महिलाहरुको सोच परिवर्तित गरेको छ । जसले गर्दा उनीहरु विवाह गर्नुभन्दा एक्लो जीवन बाँच्नमै खुशी महसुस गर्न थालेका छन् ।

त्यसबाहेक, ‘चट मगनी, पट विवाह’ मा आजकलका युवापुस्ताले विश्वास पनि गर्दैनन् । हरेक दिन बढीरहेको डिर्भोसको घटनाका कारण पनि उनीहरुले आˆनो सोच बदल्न बाध्य भएका छन् ।

त्यस्तै, एकल परिवार, कमिटमेन्टको भय, पाश्चात्य जीवनशैलीको प्रभावका कारण पनि आजकलका युवापुस्तामा ढिलो विवाहको होड बढ्दो क्रममा छ ।

कसरी खोज्ने सही जीवनसाथी ? 

अहिलेका युवापुस्ता मेचोर हुँदै गएका छन् । तर उनीहरुमा सहनशक्ति, त्याग तथा बलिदान जस्ता कुरा कम हुँदै गएको छ । उनीहरुको यस्तो जीवनसाथीको खोजीमा हुन्छन्, जसले उनीहरुलाई सम्झिउन्, पैसा, स्टेटस जस्ता कुरा बाहेक पनि भावनात्मक सर्पोट बढी होस् ।

यी कारकबाहेक पनि अन्य थुप्रै व्यक्तिगत कारण पनि हुन्छ, जसले गर्दा ढिलो विवाह हुने गर्छ । त्यसबाहेक, अभिभावकको सोचमा आएको परिवर्तनका कारण आजकल युवापुस्ताको विवाह ढिला हुन थालेको छ ।

त्यतिमात्र हैन, आजकलका अभिभावकले युवापुस्तालाई विश्वास पनि धेरै नै गर्छन् । त्यसैले, उनीहरुले आफ्नो बच्चालाई धेरै दवाव दिदैनन् । बरु पढाई नसकिएसम्म र करियर नबनाएसम्म विवाह नगर्न सुझाव दिन्छन् ।

अझ भनौ आजकलका अभिभावक आˆनो बच्चाको खुशीका लागि समाजसित लड्न पनि तयार हुन्छन् । उनीहरु कुनै पनि हालतमा समाजसित झुक्न चाहँदैनन् । उनीहरुका लागि आˆना छोराछोरीको खुशी नै सर्वोपरी हुन्छ । उनीहरुलाई आˆनो छोराछोरीको भविष्यलाई लिएर चिन्ता अवश्य हुन्छ । उनीहरु आफू छँदै ‘छोराछोरीले विवाह गरुन्’ भन्ने पनि चाहना राख्छन् । तर, फेरी, बच्चाको खुशीको अगाडी उनीहरुको चिन्ता बेकार हुन पुग्छ । र, उनीहरु यसको अन्तिम निर्णय बच्चाहरु माथि नै छोडिदिन्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!