पाकिस्तान पुगेका साउदी युवराज सलमानद्वारा २० अर्ब डलरको सम्झौता

Posted on: 18 Feb, 2019

फागुन ६, काठमाडौं । दुई दिवसीय पाकिस्तान भ्रमणमा पुगेका साउदी युवराज मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौताको घोषणा गरेका छन् । पाकिस्तान भ्रमणमा रहेका साउदी राजकुमार मोहम्मद बिन सलमानल र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच २० अर्ब डलरको सम्झौता भएको हो ।


सलमानले पाकिस्तानलाई दिन लागेको सम्झौता रकम के कामका लागि भन्ने बारे भने खुलाइएको छैन ।  प्रधानमन्त्री खानसँगको भेटमा सलमानले पाकिस्तानको भविष्य राम्रो भएको पनि बताएका छन् । पछिल्लो वर्ष पाकिस्तानले आर्थिक प्रगति गरिरहेको पनि उनले बताएका छन् । 

भेटका क्रममा साउदी अरबमा काम गर्ने पाकिस्तानी कामदारको विषयमा पनि छलफल भएको छ । २५ लाख पाकिस्तानी नागरिक साउदी अरबमा काम गर्छन् । २ दिने भ्रमणका लागि साउदी अरबका राजकुमार पाकिस्तानमा छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!