नयाँ राष्ट्रपति चयनका लागि नाइजेरियामा मतदान

Posted on: 23 Feb, 2019

फागुन ११, नाइजेरिया | नाइजेरियामा नयाँ राष्ट्रपति चयनका लागि शनिबार निर्वाचन भएको छ । 

अघिल्लो हप्ता नै मतदान गर्ने तय भएपनि एक हप्ता पछाडी सारिएर यो शनिबार मतदान भएको हो । निर्वाचनका लागि देशभरी एक लाख २० हजार मतदान केन्द्रहरु तय गरिएको छ । उक्त निर्वाचनको मतदान विहान ७ बजेबाट सुरु भएको थियो । 

निर्वाचनको अन्तिम नतिजा अर्को हप्तासम्ममा आइसक्ने अनुमान गरिएको छ । नयाँ राष्ट्रपति चार बर्षका लागि चुनिने छन् । 

वर्तमान राष्ट्रपति मुहम्मद बुहारीले आफ्नो गृहनगर दाउरामा मतदान गरेर मतदानको सुरुवात गर्नु भएको थियो । 

मतदानपछि उहाँले पत्रकारहरुसँग भन्नुभयो, “मैले मलाई नै बधाई दिएको छु, किनकी मैले निर्वाचन जित्ने निश्चित छ ।” उहाँका मुख्य प्रतिश्पर्धी ७२ बर्षका अतिकु अबुबाकर हुनुहुन्छ । 

निर्वाचनबाट प्रतिनिधि सभाका लागि ३६० जना निर्वाचित हुने छन् भने १०९ जना सिनेटर निर्वाचित हुनेछन् । निर्वाचनमा ६५ सय उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । 

कडा सुरक्षा व्यवस्था र केही हिंसात्मक घटनाहरुका बीचमा नाइजेरियामा लामो समयपछि निर्वाचन हुन लागेको हो । एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!