पाकिस्तानबाट ७७ जना पक्राउ

Posted on: 24 Feb, 2019

फागुन १२, इस्लामावाद (रासस/सिन्ह्वा) | पाकिस्तानको पेशावर सहरबाट प्रहरीले लागुऔषध सम्बन्धी कारोबारमा संलग्न ७७ जनालाई गिरफ्तार गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

एक जना वरिष्ट प्रहरी निरीक्षक जहुर अफ्रिदीले सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार लागुऔषध कारोबारीहरुको सञ्जाल तोड्नेक्रममा ७७ जनालाई पक्राउ गरिएको हो । 

मुलुकको राजधानी शहर पेशावर र पाकिस्तानको खिबर पख्तुनवा प्रान्तका विश्वविद्यालय र सरकारी क्याम्पस वरपर विद्यार्थीहरुलाई लागुऔषध बिक्री गर्ने गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेको प्रहरीको भनाई छ । 

प्रहरीले नौ जनालाई अबासिन विश्वविद्यालय र पेशावरको सरकारी कलेज नजिकबाट गिरफ्तार गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!