ट्युशन पढाउने शिक्षकको अपहरण आइडिया, २० लाख लिएपछि गरे जुम्ल्याहा दाजुभाइको हत्या

Posted on: 26 Feb, 2019

फागुन १४, काठमाडौं | भारतको मध्यप्रदेशस्थित चित्रकुटमा दुई जुम्ल्याहा भाइको अपहरणपश्चात् हत्या भएको छ । पुलिसका अनुसार ती बच्चाहरुलाई ट्युशन पढाउने शिक्षक रमकेश यादवले अपहरणको आइडिया दिएका थिए । 

उनैले आफ्ना साथीलाई बच्चाका पिता निकै धनी भएको बताएका थिए । यादव बच्चाहरुलाई पढाउन घरैमा जाने गरेका थिए ।

यस्तै, बच्चाका पिताबाट फिरौतीको २० लाख पाएपछि आरोपीले बच्चाहरुलाई ‘यहाँबाट छुटेपछि हामीलाई चिन्छौ ?’ भनेर सोधे । बच्चाहरुले ‘चिन्छौँ’ भनेपछि उनीहरुको हत्या गरिएको बताइएको छ ।


६ वर्षे श्रेयांश र प्रियांशलाई उनीहरुको स्कूल बसमा बन्दुक देखाएर दिउँसै अपहरण गरिएको थियो । अपहरणकर्ताले बच्चाका पितासँग दुई करोडको फिरौती मागेका थिए । तर अपहरणकर्ताले बच्चाहरुलाई पानीमा डुबाएर हत्या गरे ।

तेल व्यवसायी ब्रजेश रावतका ६ वर्षका जुम्ल्याहा छोराहरुको शव शनिबार राती उत्तर प्रदेशको बान्दा जिल्लाको औगासी घाटमा भेटियो । दुबैको हात–खुट्टा जंजिरले बाँधिएको थियो । अपहरणकर्ताले २० लाखको फिरौती लिएपछि बच्चाको हत्या गरिदिए ।

प्रहरीका अनुसार आरोपीले दुई बच्चालाई सुरुमा क्लोरोफर्म सुँघाएर बेहोस गरेर साङ्लाले हात–खुट्टा र ढुङ्गा बाँधेर यमुना नदीमा फ्याँके । पुलिसले शनिबार घटनाका मास्टरमाइन्ड पदम शुक्लासहित सबै ६ आरोपीलाई पक्राउ गरे र उनीहरुले देखाएको ठाउँमा राती यमुना नदीबाट बच्चाको शव भेटे ।

फेब्रुअरी १३ मा अपहरणकारीले बच्चाको परिवारलाई दुई करोड फिरौतीको माग गर्दै फोन गरे । १८–१९ फेब्रुअरी बेलुकी ४ बजे पनि अपहरणकारीले बच्चाका पितासँग फोन गरेका थिए । एजेन्सीबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!