इरानी विदेशमन्त्रीले यस्तो स्टाटस लेख्दै एक्कासी दिए राजीनामा !

Posted on: 26 Feb, 2019

फागुन १४, तेहरान | इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताउनुभएको हो । 

उहाँले सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न नसकेकामा माफी पनि माग्नुभएको छ । 

जारिफले आफूले जनताको चाहनाअनुसार काम गर्न नसकेकाले पदबाट राजीनामा दिएको भन्दै इन्स्टाग्राममा स्टाटस लेख्नुभएको छ । उहाँले सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरु र अमेरिकाबीचको आणविक सम्झौताको समयमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । 

उहाँले अहिले किन राजीनामा दिनुभएको हो भन्ने बारेमा केही जानकारी दिइएको छैन । विदेशमन्त्री जारिफले सन् २००२ देखि सन् २००७ सम्म इरानका लागि संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि भएर पनि काम गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!