भारतीय वायुसेनाको लडाकु विमान कश्मिरमा दुर्घटनाग्रस्त

Posted on: 27 Feb, 2019

फागुन १५, काठमाडौं | भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना भएको छ । बुधबार जम्मू कश्मीरको बडगामबाट सात किलोमिटर टाढाको एउटा गाउँमा विमान दुर्घटना भएको हो । दुर्घटनामा पाइलटको मृत्यु भएको छ । 


श्रीनगर विमानस्थलबाट उडान भरेको मिग २१ उडेको केहि क्षणमै खेतमा खसेको हो । उडे लगत्तै विमाल तल खसेको र खस्दा खस्दै ठूलो आवाजमा पड्किएको प्रत्यक्षदर्शीले बताएका छन् । 

भारत र पाकिस्तानबीचको तनाबको यो समयबीच २० दिनमा भारतमा ५ विमान दुर्घटना भएको छ । 

विमानमा रहेका अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको जनाइएको छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!