पाकिस्तान र भारतबीच दोहोरो भिडन्त, पाकिस्तानले २ र भारतले १ लडाकु बिमान खसालेको दावी !

Posted on: 27 Feb, 2019

फागुन १५, काठमाडौं | भारतले पाकिस्तानमा हवाई हमला गरेसंगै दुइ देशबीच तनाव बढेको छ | पाकिस्तानी सेनाले भारतका दुई लडाकू विमानलाई खसालेको दाबी गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेर पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश गर्ने दुई भारतीय लडाकू विमान खसालेको जानकारी दिएका छन् ।


दुई लडाकू विमानमध्ये एक एजेएण्डकेमा खसेको र अर्को आईओकेमा खसेको आसिफले बताएका छन् । एक भारतीय पाइलटलाई पक्राउ गरिएको पनि उनले जानकारी दिए ।

तर समाचार एजेन्सी पिटिआई र रोयटर्सका अनुसार बालाकोट हमलाको भोलिपल्ट अर्गात् बुधबार पाकिस्तानका विमानले भारतीय वायु सीमामा प्रवेश गर्यो ।

एजेन्सीका अनुसार पाकिस्तानी विमान जम्मू–कश्मिरको राजौरी जिल्लाको नौशेरा सेक्टरमा प्रवेश गरेको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार भारतको विमानले पाकिस्तानी विमानलाई भगाउन बाध्य बनाएको जसका कारण त्यो पाकिस्तान प्रशासित काश्मिरतर्फ भागेको छ ।

त्यस्तै भारतीय सीमाक्षेत्र उल्लंघन गरेको पाकिस्तानी लडाकु विमान पनि भारतले खसालेको दाबी गरेको छ । भारतीय वायुसेनाले एफ–१६ लाई खसोलेको भारतीय मिडियाले दाबी गरिरहेका छन् । ताजा स्थितीपछि काश्मिरको पूरा एयर फिल्ड सील गरिएको छ ।  एजेन्सीबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!