पाकिस्तानले भारतका दुई लडाकू विमान खसालेको दाबी, पाइलट नियन्त्रणमा

Posted on: 27 Feb, 2019

फागुन १५, इस्लामाबाद | पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । 

तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको पाकिस्तानी सेनाले जनाएको छ । साथै विमानलाई पनि ध्वस्त गरेको पाकिस्तानी सैनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक भारतीय युद्धक विमान पाकिस्तानभित्र नै खसेको बताउनु भएको छ । उहाँले अर्को भारतीय युद्धक विमान भारत नियन्त्रित काश्मिरमा खसेको बताउनुभयो । 

यद्यपी भारतीय सञ्चार माध्यमले भने पाकिस्तानले भारतीय दुई युद्धक विमान खसालेको समाचार झूठो भएको दाबी गरेका छन् । 

पाकिस्तानले पुरानो तस्वीर टेलिभिजनमा देखाएर पाकिस्तानी जनतालाई शान्त गराएको र भारतलाई तर्र्साएको भारतको भनाइ छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!