भारत र पाकिस्तानलाई संयम अपनाउन पोम्पेओको आग्रह

Posted on: 27 Feb, 2019

फागुन १५, वासिङ्टन,  | भारत र पाकिस्तानबीच जारी तनाब कम गर्न केही नियन्त्रणमा रहेर मात्र थप क्रियाकलाप गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आग्रह गर्नुभएको छ । 

अमेरिकी विदेश मन्त्रालयबाट मन्त्री पोम्पेओले जारी गर्नु भएको विज्ञप्तिमा सो आग्रह गरिएको हो । हाल भियतनामको हनोईमा रहनु भएका पोम्पेओले भारतीय विदेशमन्त्री शुस्मा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मोहमद कुरेसीसँग कुराकानी गर्नुभएको छ । 

जारी तनावलाई बढावा नदिई संयम अपनाउन संयुक्तराज्य अमेरिकाले सधैँ प्रयास जारी राख्ने पोम्पेओले बताउनु भएको छ । प्रत्यक्ष वार्ताका लागि दुबै मन्त्रीलाई अनुरोध गरेको र थप सैन्य कारबाही रोक्न अमेरिकी उच्च कुटनीतिज्ञले आग्रह गर्नु भएको छ । 

यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई छिमेकीबीच तनाव उत्पन्न भएको छ । 

सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ । सिन्हवा

यस बिषयमा तपाइको प्रतिक्रिया...!