पाकिस्तानको नियन्त्रणमा रहेका पाइलटलाई स्वागत गर्न हजारौं भारतीय वागा सीमामा

Posted on: 01 Mar, 2019

फागुन १७, भारत | पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन् । 

इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन वर्दमान वागा सीमानाका हुँदै शुक्रबार अपराह्न भारत फिर्ता हुँदैछन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने संसदमा घोषणा गर्नुभएको थियो । 

पाइलट अभिनन्दनले उडाएको भारतीय वायुसेनाको एक लडाकू विमान पाकिस्तान नियन्त्रित काश्मिरमा दुर्घटनाग्रस्त भएको थियो । तर प्यारासुटको मद्दतबाट अभिनन्दन सुरक्षित रुपमा पाकिस्तानी भूमिमा ओर्लिएका थिए । उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । 

अभिनन्दनको स्वागतका लागि वागामा भेला भएका भारतीयहरुले बिहानैदेखि राष्ट्रभक्तिका गीत सहित नाचगान गर्नुका साथै भारतको झण्डा फहराइरहेका छन् । 

अभिनन्दनको स्वागतका लागि उनका बाबुआमा पनि वागामा पुग्दैछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!