तेहरानमा यात्रुबाहक बस दुर्घटना: आठको मृत्यु, ३६ जना घाइते

Posted on: 01 Mar, 2019

फागुन १७, तेहरान | इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ । 

इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम राजमार्गमा पल्टिएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाका कारण अरु ३६ जना घाइते भएका छन् । 

ट्राफिक प्रहरी नादेर रहमानीले बिहानको समयमा बसका चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!