मुसलधारे बर्षा, छ पाकिस्तानीको मृत्यु, दर्जर्नौ नागरिक घाइते

Posted on: 03 Mar, 2019

फागुन १९, इश्लामावाद (रासस/सिन्ह्वा) | पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा मुसलधारे बर्षा हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ भने दर्जर्नौ नागरिक घाइते भएका आइतबार पाकिस्तानी अधिकारीले जनाएका छन् । 

बालुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्च पहाडी क्षेत्रमा हिम बर्षासमेत भएका कारण यहाँको सामान्य जनजीवन प्रभावित बनेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

प्राप्त जानकारी अनुसार बर्षापछि कतिपय स्थानमा आएको बाढीका कारण कतिपय होचोस्थानमा रहेका वस्तीहरूमा डुवान भएको छ भने कतिपय घरहरू भत्केका छन् । मृत्यु हुने अधिकांश महिला तथा बालबालिका रहेका र उनीहरूको करेन्ट लागेर वा बाढीका कारण भत्केका भवनका भग्नावशेषमा परेर मृत्यु भएको छ । 

बाढीका कारण कैयौँ सडक तथा रेलका लिकहरू डुवानमा पर्दा यातायात सेवा समेत अवरूद्ध बनेका छन् । 

वस्तीमा पानी पसेपछि भागेर सुरक्षित ठाँउमा पुगेका जनताहरू सयौँको सङ्ख्यामा खुला आकाशमूनि बस्न बाध्य भएका छन् । मौसमविद्हरूले नदी किनार र होचो वस्तीमा थप बाढी तथा डुवान हुनसक्ने चेतावनी दिएपछि कैयौँ वस्तीका जनतालाई सुरक्षित स्थलतर्फ सारिएको छ । 

यसैबीच अफगानिस्तानको कान्दहार प्रान्तमा शनिबार व्यापक बर्षापछि आएको बाढीमा परी १२ जना अफगानी नागरिकको मृत्यु भएको र १८ जना घाइते भएको स्थानीय समाचार संस्था तोलो न्युजले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!