अमेरिकाले पाकिस्तानी नागरिकलाई दिदै आएको ५ बर्षे भिषा अवधि घटाएर ३ महिने बनायो

Posted on: 06 Mar, 2019

फागुन २२, इस्लामाबाद | अमेरिकाले पाकिस्तानी नागरिकलाई भिषा दिने नीतिमा परिवर्तन गरेको छ । समाचार संस्था एएनआईको अनुसार, पाकिस्तानी नागरिकहरुले अब ५ बर्षको सट्टामा ३ महिना मात्र भिषा दिने नीति लिएको बताइएको छ ।

साथै भिषा शुल्क पनि बढाईएको छ । यस अघि भिषा शुल्क १६० अमेरिकी डलर हुने गरेकोमा बढेर १९० अमेरिकी डलर बनाईएको छ । नागरिक मात्र होइन पत्रकारहरुलाई समेत भिषा अवधि घटाएर ३ महिना गरिएको छ । अमेरिकाले अन्य श्रेणिको भिषा नीति पनि परिवर्तन गरेको छ ।

पाकिस्तानी संचारमामध्यमका अनुसार, अमेरिकी वाणिज्य दूतावासद्वारा जारी गरिएको नोटिसले उक्त जानकारी दिएको हो । व्यापार, पर्यटन र महिलाहरुको लागि भने ५ बर्षकै भिषा कायम छ ।

पाकिस्तानी च्यानलका अनुसार, भिषा पोलिसीमा बदलाव अमेरिका स्थित पाकिस्तानी दूतावासको नियम अनुसार गरिएको छ । सरकारी अधिकारीहरुको भिषा अवधिको निर्धारण काम हेरेर निर्धारण गरिनेछ । 

पुलवामा हमला पछी मास्टरमाइन्ड ज्याश सरगना मसूद अजहरलाई भारतले संयुक्त राष्ट्र संघमा आतंककारी घोषित गर्न पनि अमेरिका, ब्रिटेन र फ्रान्सले प्रस्ताव पेस गरेका थिए । यी तीनै सुरक्षा परिषदका स्थायी सदस्य भीटो पावर भएका देश हुन्, तर चीनले यस प्रस्तावलाई नमानेको भारतीय मिडियाहरुले जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!