२१ वर्षीय युवतीले मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कान्छी अर्बपति बनिन्

Posted on: 07 Mar, 2019

काठमाडौं । मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कान्छी अर्बपति बनेकी केइली जेनरका विषयमा विश्वव्यापी चासो बढेको छ ।

२१ वर्षकी केइली चर्चित रियालिटी स्टार किम कार्दशियनकी बहिनी हुन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको २०१९ को अर्वपति सूचीले उनलाई विश्वकै कान्छी अर्बपतिको रुपमा चिनाएको छ । उनले २०१६ मा कस्मेटिक्स उद्योग स्थापना गरेकी केइलीले दुई वर्षमै ठूलो सफलता हासिल गरेकी छन् ।


उनको कम्पनीले करिब नब्बे करोड डलर (१ खर्ब रुपैयाँभन्दा बढि) को सम्पत्ति आर्जन गरेको फोर्ब्सले जनाएको छ । उनलाई ‘सेल्फ मेड’ अर्बपति भनिएको छ ।

केइलीले विगत तीन वर्षदेखि अनलाइन तथा विभिन्न ऐपमार्फत आफ्नो कस्मेटिक उत्पादन बिक्री-वितरण गर्दै आएकी छिन् । उनले अल्ट्रा नामक कम्पनीसित सम्झौता गरेपश्चात उनको कस्मेटिक एक हजारभन्दा बढी स्टोरमा बिक्री हुँदै आएको छ ।

ओपन हेइमरका अनुसार उक्त सम्झौता गरेको करिब ६ हप्तामै केइली कस्मेटिक्सले अल्ट्रामार्फत पाँच करोड ४० लाख अमेरिकी डलर बराबरको आफ्नो उत्पादन बिक्री गर्न सफल भएको थियो । त्यसयता केइलीले आफ्नो कम्पनीमार्फत झण्डै ६३ करोड अमेरिकी डलर बराबरको व्यापार गर्न सफल भइसकेको छ ।

कम्पनीकी मालिक केइली एक्लै हुन् । जम्मा २९ डलरको लिपिस्टकबाट कारोवारको सुरुवात गरेकी उनको कम्पनीको मुल्य अनुमानित नब्बे करोड डलर पुगेको छ ।

उनको आयमा यसरी नै बढ्यो भने तीन वर्षमै विश्वकै धनी महिलाको सुचीमा पर्नेछिन् र, उनले फेसबुका संस्थापक मार्क जुकरवर्गलाई समेत पछि पार्नेछिन् ।

मार्क जुगरवर्ग २३ वर्षको उमेरमा फोर्ब्सको अर्बपति सुचीमा पर्न सफल भएका थिए ।

केइलीको कम्पनीको प्रोडक्ट बनाउने तथा प्याकेजिङ गर्ने काम सिड व्युटीले गर्दै आएको छ । यसैगरी बिक्री तथा बजार व्यवस्थापन सोपिफाई नामको कम्पनीले गर्दै आएको छ । कम्पनीको वित्तीय जिम्मा उनकी आमा क्रिसले गर्दै आएकी छिन् ।

केइलीले आफ्नो प्रोडक्टको मार्केटिङ्ग सोसियल मिडियामार्फत गर्र्दै आएकी छिन्, जहाँ उनको लाखौं फलोअर्स छन् । ‘यो सामाजिक सञ्जालकै शक्ति हो, जसबाट मैले केही कुरा सुरु गर्नुअघि लाखौं जनतासम्म पुगिसक्छ,’ केइलीले भनिन् ।

अल्ट्रा र केइलीको समन्वय उदाहरणीय छ । अल्ट्रामार्फत केइलीले महंगोदेखि सस्तो प्रोडक्ट बिक्री गर्छिन् । विश्लेषकहरुका अनुसार केइली केस्मेटिकले बालबालिकादेखि सबै उमेर समूहलाई आर्कषित गरिरहेको छ । क्रेडिट कार्ड नहुने तथा अनलाइनमार्फत सामान खरिद नगर्नेहरुको पहुँचमा समेत केइली पुग्न सफल भैसकेकी छिन् ।

अल्ट्राले केइलीको उत्पादन प्रबद्र्धनमा प्रमुख भूमिका निर्वाह गरेको छ । सेफोराको तुलनामा अमेरिकामा मात्र यसको सात सय बढी स्टोर छन् । अल्ट्राले अहिलेलाई त यस्तो ब्राण्ड पाएको छ, जसलाई मार्केटिङ्ग गर्न आवश्यक छैन । उनीहरुलाई आफ्नो उत्पादन बजारमा लैजान खासै कुनै फण्डा अपनाउनु पनि परेको छैन ।

केइलीले सन् ०१७ मा ३० वटा नयाँ उत्पादन सार्वजनिक गरेकी थिइन् जसमा कन्सिलर, मेकअप ब्रश लगायत थिए ।

सन् २०१८ मा विभिन्न रङ्गमा यी उत्पादन बजारमा ल्याइएको थियो । हाल केइलीको कम्पनीबाट उत्पादित म्याटको लिपस्टिक तथा म्याचिङ्ग लिपलाइनर निकै चर्चित छ । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!