आफू वायु सेनामा हुँदा बलात्कृत भएको एक अमेरिकी सिनेटरको भनाई

Posted on: 07 Mar, 2019

फागुन २३, वासिङ्टन (रासस/सिन्ह्वा) – एक जना अमेरिकी सिनेटरले आफू अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाउनुभएको छ । 

आफू वायु सेनाले गरेको यौनजन्य हिंसामा परेको एक जीवित उदाहरण भएको रिपब्लीकन सिनेटर मार्था म्याकसेलीले दाबी गर्नुभएको छ । 

सेनाबाट हुने यौनजन्य हिंसाको सुनवाईका लागि बनेको उपसमितिमा उहाँले सो कुरा बताउनुभएको हो । 

सेनाको उच्चस्तरमा रहेका ती बलात्कारीले पदको दुरुपयोग गरी यस प्रकारको हिंसा गरेको म्याकसेलीले बताउनुभएको छ । 

एरिजोना राज्यबाट सिनेटर पदमा पुग्नु भएकी ५२ वर्षीया म्याकसेली सन् १९८८ बाट २०१० सम्म अमेरिकी वायु सेनामा कार्यरत हुनुहुन्थ्यो । 

उहाँ कर्नल पदबाट अवकाश हुनु भएको समाचारमा जनाइएको छ । आफू बलात्कृत भएको अवस्थामा उनले बलात्कारीको प्रत्यक्ष विरोध नगरेको र धेरै वर्षको अन्तरालपछि म्याकसेलीले यस यौन अपराधलाई बाहिर ल्याउनु भएको हो । 

‘यस्ता अपराधबाट धेरै पीडित जस्तै म पनि दोहोरिए जस्तो मलाई लाग्थ्यो,’ म्याकसेलीले बताउनुभयो । 

म्याकसेलीको अभियोगबाट आफूहरु स्तब्ध र दुःखी भएको अमेरिकी वायुसेनाले निकालेको एक विज्ञप्तिमा जनाइएको छ । 

म्याकसेलीलाई नौसेनाको एक टुकडीलाई कमाण्ड गर्दै युद्धक विमान चालकका रुपमा पहिलो अमेरिकी महिलाको रुपमा पनि हेरिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!