जैस-ए-मोहम्मद आतंकवादी संगठन अब चीनका लागि पनि खतरा, यस्तो छ कारण

Posted on: 08 Mar, 2019

फागुन २४, दिल्ली । चीनले चरमपन्थी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरप्रति आफ्नो दृष्टिकोण परिवर्तन गरेपछि अब उनीहरुलाई एउटा चिन्ताले सताइरहेको छ । यसबारे इकोनोमिक टाइम्सले बताएको छ ।

गत महिना भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाबलमाथि भएको हमलापछि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले जैश–ए–मोहम्मदको कुरा निकाल्दै यसको विरोध गरेको थियो ।

सुरक्षा परिषद्ले जैश–ए–मोहम्मदको सिधा नाम लिएपछि चीनमाथि निकै दबाब परेको थियो किनभने सुरक्षा परिषद्को स्थायी सदस्य भएपनि उनीहरु मसूद अजहरलाई अन्तर्राष्ट्रिय चरमपन्थी मान्न तयार थिएनन् ।

भारतले मसूदलाई अन्तर्राष्ट्रिय चरमपन्थी घोषणा गराउनका लागि थुप्रै कोसिस गर्यो तर चीनले हरेक पटक यसलाई भिटो गरिदियो । तर यसपटक सुरक्षा परिषद्ले जब सिधा रुपमा जैशको नाम लियो तब चीन पनि यसमा आपत्ति जनाउन सकेन ।

यो सबै घटनाक्रमपछि अब जैशले पाकिस्तान प्रशासित काश्मिरबाट जाने चीन–पाकिस्तनानको आर्थिक करिडोर (सिपीइसी) लाई निशाना बनाउन सक्छ भनेर चीन डराइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!