भारतमा लडाकू जेट विमान दुर्घटनाग्रस्त

Posted on: 08 Mar, 2019

फागुन  २४, नयाँ दिल्ली । भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । 

भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् । 

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!