कार र ट्रक एक आपसमा ठोक्किदा १० जनाको मृत्यु

Posted on: 09 Mar, 2019

फागुन २५, नयाँ दिल्ली | भारतको झारखण्डमा कार र ट्रक एकआपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । 

झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रहेको रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । 

मालबाहक ट्रकसँग ठोक्किएको कारमा रहेकाहरु एकै परिवारका रहेको बताइएको छ । मृत्यु भएका दश जनामध्ये तीन जना महिला र दुई जना बालबालिका पनि रहेका छन् । 

पारिवारिक धार्मिक कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा दुर्घटना भएको बताइएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!