आकासमा आगोको मुस्लो सँगै खस्यो विमान, पाइलट सहित १२ जनाको मृत्यु

Posted on: 10 Mar, 2019

फागुन २६, काठमाडौँ (एजेन्सी) | शनिवार कोलम्बियामा एक विमान दुर्घटनामा १२ जनाको मृत्यु भयो । त्यहाँ स्थित नागरिक सुरक्षा आपत सेवाले ट्वीट गर्दै यो जानकारी दिएको हो ।

कोलम्बिया सरकारले बताए अनुसार द डगलस डीसी 3 विमान, देशको मध्यपूर्वमा दुर्घटनाग्रस्त भएको हो । उक्त विमानमा दुई इन्जिन थिए । कोलम्बिया सरकारका अनुसार उक्त विमान त्यस बेला दुर्घटनग्रस्त भयो जब सान जोश देल गुआवियारे देखि विल्लाविसेन्सियोमा उडान भर्दै थियो ।


बिमान दुर्घटनामा मृत्यु भएकाहरुमा स्थानीय नगरपालिका तरैराकि मेयर, उनको श्रीमान र उनको छोरी लगायत विमानका चालक, को -पाइलट र एक उड्डयन विशेषज्ञ पनि रहेका छन् । 

कोलम्बियाका राष्ट्रपति इवान डकले दुर्घटनामा मारिएकाहरुप्रति श्रद्धान्जली दिएका छन् । कोलम्बियाका डिफेन्स सिविल इमरजेन्सीका अधिकारीहरुले दुर्घटनाको कारण विमानको इन्जन फेल हुनु रहेको जनाएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!