१० लाख बूथ, ९० करोड मतदाता: यसरी हुँदैछ भारतमा चुनाव, आजैदेखि आचारसंहिता लागु

Posted on: 10 Mar, 2019

फागुन २६, काठमाडौँ | भारतका मुख्य निर्वाचन आयुक्त सुनिल अरोडाले यस पटकको भारतीय निर्वाचनमा ९० करोड मतदाताले भोट हाल्ने बताएका छन् | भारतको केन्द्रीय चुनाव आयोगका अनुसार पछिल्लो लोकसभा चुनावको भन्दा अहिले ८.४३ करोड मतदाता बढेका छन् |

भारतभर मतदानको लागि १० लाख बूथ निर्माण गरिएको पनि निर्वाचन आयोगले जनाएको छ | यस पटक भारतमा विद्युतीय भोटिङ मेशीनहरुको प्रयोग गरि भोट गर्ने व्यवस्था रहनेछ, जसमा उम्मेदवारको तस्वीर समेत हुनेछ | निर्वाचन आयुक्त सुनिलका अनुसार भारतमा यो पटक १.५ करोड युवाले पहिलो पटक मतदान गर्नेछन | जसको उमेर १८ देखि १९ बर्षको बीचमा रहेको छ |

चुनाव आयोगले लोकसभा चुनाव २०१९ को लागि मिति समेत तोकेको छ | जस अनुसार भारतमा यो पटक ७ चरणमा मतदान हुनेछ | २३ मेमा मतगणना हुने पनि जानकारी दिईएको छ | पहिलो चरणमा लोकसभा चुनाव ११ अप्रिलमा हुनेछ, दोश्रो चरणको मतदान १८ अप्रिल, तेश्रो चरणको मतदान २३ अप्रिलमा हुनेछ, चौथो चरणको मतदान २९ अप्रिल मा हुनेछ, तयस्तै पाँचौं चरणको मतदान ६ मे का दिन हुनेछ भने छैटौं चरणको मतदान १२ मेका दिन हुनेछ र ७ औं चरणको मतदान १९ मेका दिन हुनेछ |


भारतमा चुनावको  मिति तय भए लगत्तै आजैदेखि आदर्श आचार संहिता लागू भएको छ | भारतको केन्द्रीय चुनाव आयोगले जनाए अनुसार आचार संहिता तोडेमा कारवाही भोग्नु पर्नेछ | मतदानको लागि भारतका सबै बूथमा VVPAT को प्रयोग हुनेछ | चुनाव आयोगले रातको १० बजेदेखि बिहान ६ बजेसम्म लाउडस्पीकरको प्रयोग गर्न रोक लगाएको छ | मतदानभन्दा ४८ घण्टा पहिले लाउडस्पीकर बजाउन पूर्ण रोक लगाइएको छ | चुनाव आयोगले विद्युतीय भोटिङ मेशीनहरुको सुरक्षालाई ध्यानमा राखेर विद्युतीय भोटिङ मेशीनहरु लिएर जाने सबै सवारीमा GPS ट्रयाकर लगाउने फैसला गरेको छ | 

सबै चुनावी प्रक्रिया की भिडियोग्राफी हुने बताइएको छ | आयोगले लोकसभा चुनावको लागि हेल्पलाइन नम्बर 1950 समेत जारी गरेको छ | चुनाव आयोगले गुनाशोको लागि एक एप समेत लन्च गरेको छ, जसमा गुनाशो गर्दा १०० घण्टा भीत्र कार्रवाही हुने बताइएको छ | चुनाव आयोगका कन्ट्रोल रूममा २४ घण्टानै गुनाशो दिन सकिने छ | 

सामाजिक संजालमा चुनाव आयोगले कडाई गरेको छ | उम्मेदवारले आफ्नो सामाजिक संजालको एकाउन्टको जानकारी चुनाव आयोगलाई दिनुपर्ने नियम बनाइएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!