दुर्घटनाग्रस्त इथियोपियाली विमानको ‘ब्ल्याक बक्स’ भेटियो

Posted on: 11 Mar, 2019

फागुन २७, काठमाडौं | आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्ल्याक बक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सञ्चारमाध्यमले जनाएका छन् । 

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो । घटनामा चालका दलका आठ सदस्यसहित १५७ जनाको मृत्यु भएको थियो । 

इथियोपियाको फाना ब्रोडकास्टिङ कर्पोरेटले आफ्नो ट्विटर पेजमा लेखेको छ, 'इथियोपियन एअरलान्सको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।' रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!