मलेसियाली नवनिर्वाचित राजाको संसदमा पहिलो सम्वोधन

Posted on: 11 Mar, 2019

फागुन २७, क्वालालमपुर | मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले सोमबार पहिलो पटक संसदमा सम्वोधन गर्नुभएको छ । 

उहाँले सम्वोधनका क्रममा राष्ट्रिय एकताका लागि दलहरुलाई आह्वान गर्नुभएको समाचारमा जनाइएको छ । 

गत जनवरीमा देशको १६औ राजाका रुपमा राज्यभिषेक गरेका अब्दुल्लाहले बहुसांस्कृतिक र बहुजातीय पक्षलाई विषेश महत्व दिन पनि आग्रह गर्नुभएको छ । 

“बहुजातीय जनसंख्या भएको मुलुकमा सवै एकताबद्ध भयो भने त्यो निकै ठूलो शक्ति बन्न सक्छ,” उहाँले भन्नुभयो । 

विषेश गरे विश्व अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी नयाँ प्रविधि र नयाँ आर्थिक अवसरहरुलाई उपयोग गर्ने तर्फ लाग्न सरकारलाई सुझाव पनि उहाँले दिनुभयो । 

“मलाई विश्वास छ, नयाँ धनी व्यक्तिहरु तयार पार्नका लागि सरकारले नयाँ उद्यमीहरु, नयाँ लगानीकर्ताहरु र नयाँ अन्वेषकहरुलाई प्रोत्साहन गर्नेछ,” राजा अब्दुल्लाहले थप्नुभयो । 

अहिले चलिरहेका साना तथा मझौला उद्यमलाई पनि नयाँ प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरमा हुनेगरी बिस्तार र विकास गर्नुपर्नेमा उहाँको जोड थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!