आज ‘अप्रिल फूल’ ! झुक्याउला है कसैले

Posted on: 01 Apr, 2019

चैत १८, काठमाडौँ | आज अंग्रेजी पात्रोको अनुसार अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल १ तारीख 'अप्रिल फूल'। आज विश्वका विभिन्न देशहरुमा यस दिनलाई 'मुर्ख दिवस'को रुपमा मनाउने गरिन्छ । मानिसले मानिसलाई मुर्ख बनाउने, झुक्याउने दिनको रुपमा अप्रिलको पहिलो दिन मनाउने पहिलेदेखिकै चलन छ । 

नेपालमा यसले त्यति धेरै महत्व नराखेपनि आज अप्रिल फूल भन्ने नजान्नेहरुलाई नमज्जाले झुक्याउने गरेको पाइन्छ । आज यस्तो दिन हो भन्ने थाहा पाउनेहरुले आफ्नो मन मिल्ने साथी वा कसैलाई गलत जानकारी दिएर झुक्याउने तथा अनावश्यक दु:ख दिने गरेका छन् । आजको दिन जोक भन्ने साथी, परिवार सदस्य, शिक्षक, छिमेकी र अफिसका स्टाफहरुलाई झुक्याउने चलन छ । 

खासगरी युवाहरुमा अफ्रिल फूलको बढी प्रभाव रहेको छ । आज खाना खान आउँछु भनेर ढाट्ने तर नगईदिने, फलानाले बोलाएको छ भनेर झुटो बोल्ने, नभएका घटना बताएर ढाट्ने आदि कृयाकलाप गरिन्छ । 

यस क्रममा कतिपयले आफ्नो मान्छेलाई संवेदनशील बिषयमा समेत ढाट्ने गरेको पाइएको छ । फलानो मान्छे बिरामी छ भनेर अस्पताल समेत पठाउने गरेको पाइन्छ । तर अप्रिल फूल भन्दैमा यति हदसम्मको दु:ख वा संवेदनशील झुट राम्रो भने होईन । 

बर्षौं पहिले पश्चिमी मुलुकका केहि मानिसले यस दिनलाई मुर्ख बनाउने दिन घोषित गरेका थिए । पछि गएर यो प्रचलन विश्वभर प्रशिद्ध हुँदै गएको पाइन्छ । 

ब्रिटेन, न्यूजिल्याण्ड, अस्टेलिया र दक्षिण अफ्रिकामा आजको दिन केवल अपरान्ह सम्ममात्र हँसिमजाक गरिन्छ । यदि कोहि कसैले अपरान्हपछि ठट्यौली गरे भने त्यस्लाई अप्रिल फूल भनिन्छ । तर फ्रान्स, आयरल्याण्ड, इटली, दक्षिण कोरिया, जापान, रुस, जर्मन आदि देशहरुमा भने अप्रिल फूल दिन भरी नै मनाईन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!