आमा ड्राइभरसँग फरार, दुई छोरी हत्या गरि बाबुले गरे आत्महत्या

Posted on: 04 Apr, 2019

चैत २१, काठमाडौं । श्रीमतीको रिसले अबोध बालिकाको ज्यान गएको छ । आफ्नो प्रेमीसँग भागेकी श्रीमतीको रिसले एक पतिले दुई बालिकाको हत्या गरेर वाट्सपमा श्रीमतीलाई नै फोटो पठाएको रहस्य खुलेको छ । श्रीमानले अन्तिममा आफैले समेत आत्महत्या गरेका छन् ।

यो घटना भारतस्थित महाराष्ट्रको चन्द्रपुर जिल्ला बल्लापुरको हो । बल्लापुरमा बस्ने एक ४० वर्षीय आइटी शिक्षक ऋषिकान्तले आफ्नै छोरीहरुको हत्या गरेको स्वीकार गरेका छन् । हत्या भएकी ६ वर्षीया नारायणी र १८ महिने किर्तिका रहेकी छन् । दुवै बालिकालाई फाँसीमा झुन्ड्याएर उनले आफ्नी श्रीमतीलाई तस्बिर पठाएका थिए ।

ऋषिकान्तकी श्रीमती एक कार ड्राइभर शहनवाज खानसँग भागेकी थिइन् । ड्राइभर र उनकी श्रीमतीको लामो समयदेखि अफेयर चलिरहेको थियो । जसले आफ्नो बेइजती भएको भन्दै उनले आत्महत्या गरेका थिए । प्रहरीले ड्राइभर र उनकी प्रेमिकालाई खोजी गरिरहेको छ । उनीहरु अहिले फरार छन् । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!