अचानक मौषममा गडबडी: आंधी र चट्याङमा परि ४१ जनाको मृत्यु, ४० घाइते

Posted on: 17 Apr, 2019

वैशाख ४, नई दिल्ली | भारतमा मंगलवार मौसम अचानक परिवर्तन हुँदा ४१ जनाको मृत्यु भएको खबर छ । भारतको गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखंड, हिमाचल, हरियाणा र नयाँ दिल्लीमा बर्षा, आंधी र चट्याङबाट स्थानीय भयभित बनेका छन् । 

मौषम परिवर्तनको बढी असर गुजरात, राजस्थान र मध्यप्रदेशमा परेको छ । यी राज्यमा ३४ जनाको मृत्यु भएको छ । बर्षाबाट यी राज्यको तापमान ४० डिग्री भन्दा कम भएका छन् । मौसम विभागका अनुसार बुधवार र बिहिबार पनि यस्तै मौषम रहने अनुमान गरिएको छ ।

बर्षा सँगै भएको असामान्य मौषम परिवर्तनको बिषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा बर्षा र आंधी-तूफानमा परि मृत्यु भएका मानिसको परिवारलाई राष्ट्रीय राहत कोष मार्फत २/२ लाख रुपया र घाइतेहरुलाई ५०/५० हजार रुपया मद्धत गर्ने घोषणा गरेका छन् ।


कुन राज्यमा कतिको मृत्यु ? 

राजस्थान (११ जना) 

मध्यप्रदेश (१६ जना) 

राजस्थान (७ जना)  

पंजाब (२ जना) 

हरियाणा (१  जना) 

झारखंड, महाराष्ट्र, उत्तरप्रदेश र हिमाचल (४ जना )

(बाँकी अन्य राज्यमा १/१ जना)

पन्जावमा मंगलवार अवेरसम्म ५० देखि ६० किलोमीटर प्रति घन्टाको गतिमा आंधी/तुफान आएको थियो ।  जसको कारण कयौं जिल्लामा हजारौं एकड जमिनमा लगाइएको अन्नबालीको नोक्सानी भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!