मोदीको हेलिकोप्टरमा भएको रहस्यमयी कालो बाकसको अनुसन्धान गर्ने पर्यवेक्षक निलम्बित

Posted on: 18 Apr, 2019

बैशाख ५, काठमाडौं | भारतको संबलपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरमा भएको रहस्यमयी कालो बाकसको कथित रुपमा अनुसन्धान गरेको आरोपमा निर्वाचन आयोगले ओडिशाका जनरल पर्यवेक्षकलाई निलम्बित गरेको छ ।

जिल्ला कलेक्टर र पुलिस महानिर्देशकको रिपोर्टको आधारमा आयोगले मंगलबार भएको यो घटनाको एक दिन पछि अर्थात् बुधबार जनरल पर्यवक्षकलाई निलम्बित गरेको हो ।

आयोगले कर्नाटक क्याडरको सन् १९९६ ब्याचका आइएएस अधिकारी मोहम्मद मोहसिनले स्पेशल प्रोटेक्सन ग्रुप (एसपीजी) सुरक्षासँग जोडिएको निर्वाचन आयोगको निर्देशनको पालना नगरेको भन्दै यस्तो आदेश सुनाएको हो ।

संबलपुरमा प्रधानमन्त्रीको हेलिकोप्टरको अनुसन्धान गर्नु निर्वाचन आयोगको दिशा–निर्देशन अनुसार नभएको बताइएको छ ।  एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!