भाषण गरिरहेका नेतालाई एक व्यक्तिले मञ्चमै उक्लिएर थप्पड हानेपछि... (भिडियो)

Posted on: 19 Apr, 2019

वैशाख ६, काठमाडाै । कांग्रेस आईका नेता हार्दिक पटेललाई मञ्चमा भाषण गर्दा गर्दै थप्पड हानिएको छ । गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’का क्रममा भाषण गरिरहेका पटेललाई एक व्यक्ति दायाँ तर्फबाट मञ्चमा उक्लिएर थप्पड हानेको हो । उक्त भिडियो फुटेज टेलिभिजनहरुले देखाएका छन् । थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।

पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समयमा कांग्रेस आईमा प्रवेश गरेका थिए । 

कांग्रेसको चुनावी अभियानमा सेलिब्रेटी बनिरहेका पटेलले कृषक र बेरोजगारीको मुद्दा उठाउने गरेका छन् । कानूनी अवरोधका कारण उनी कांग्रेसबाट चुनाव लड्न भने पाएनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!