आजीवन जेल सजाय भोगिरहेका आध्यात्मिक गुरु आसारामका छोरा पनि बलात्कारकाे दोषी ठहर

Posted on: 27 Apr, 2019

बैशाख १४, काठमाडौं - बलात्कारको आरोप लागेका आध्यात्मिक गुरु आसारामका छोरा नारायण साईलाई गुजरातको एक अदालतले दोषी ठहर्‍याएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गरेको हो । उनलाई सजाय सुनाउन बाँकी नै छ । अदालतले यस मुद्दामा अप्रिल ३० मा सजाय सुनाइने बताएको छ । 


नारायण साईलाई सुरतको एक महिलासँग बलात्कारको मामिलामा २०१३ मा गिरफ्तार गरिएको थियो । बलात्कार भोगेकी महिला र उनकी बहिनीले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए । उनलाई हरियाणाको पिपलीमा पक्राउ गरिएको थियो ।

महिलाले आफू सूरतमा रहेको आसाराम बापुको आश्रममा रहँदा नारायणले पटक-पटक यौन शोषण गरेको बताएकी थिइन् । उनका पिता आसाराम पहिले नै बालात्कार मामिलामा दोषी ठहर भएका छन् । उक्त अपराधका लागि उनलाई आजीवन कारावास सजाय दिइएको छ । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!