बाल्टीमोरमा गोली चल्यो, एक जनाको मृत्यु

Posted on: 29 Apr, 2019

बैशाख  १६, बाल्टीमोर  | संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिनुभयो । बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा अरु सात जना घाइते भएका छन् ।

प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!