जापानमा आजदेखि नयाँ राजा, ‘हेइसी’युगको अन्त्य भएको घोषणा

Posted on: 01 May, 2019

वैशाख १८, टोक्यो (रासस/एएफपी) | जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग्नु भएको छ । यसको साथै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा गरिएको छ  । 

तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्यागसँगै  अन्त्य भएको छ । विश्वमा  नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो । 

माथिको तश्वीर: मङ्गलबार जापानको राजगद्दी त्यागेका 'आकिहितो '। 

गद्दीत्याग गर्ने क्रम जापानी राजा आकिहितोले जापान र विश्वका सवै जनताको शान्ति र खुशीको कामना गर्नु भएको छ । 

मे  १ अर्थात आजबाट जापानका युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नु हुनेछ ।  मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुदैछ  ।  यससँगै जापानमा नयाँ युगको नाम ‘रेईवा’ शुरु हुने भएको छ । जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ ।  

पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाउनु भएपछि उहाँले गद्दी त्याग्ने वैधानिक अनुमति पाउनु भएको थियो ।

माथिको तश्वीर: मे १ (आजदेखि) राजगद्दी सम्हाल्न लागेका युवराज 'नारुहितो '। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!