६.१ म्याग्नीच्यूडको भूकम्प

Posted on: 03 May, 2019

वैशाख २०, सिड्नी (रासस/सिन्ह्वा) | सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ  । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन । 

भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!