झडपमा परी तीन प्रहरी र १४ लडाकू मारिए

Posted on: 04 May, 2019

बैशाख २१, कान्दाहार । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा रहेको एक प्रहरीचौकीमा शनिबार तालिबान लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी तीन प्रहरीको मृत्यु हुनुको साथै अन्य १४ लडाकू मारिएका प्रान्तीय प्रहरी प्रमुखले बताउनु भएको छ ।

कान्दाहार प्रान्तको प्रान्तीय शहर कान्दाहारको स्पिन बोल्दाक जिल्लामा रहेको एक प्रहरी चौकीमा शनिबार बिहान सबेरै तालिबान लडाकू समूहले गरेको आक्रमणको सुरक्षा बलले गरेको जवाफी कारबाहीमा १४ तालिबान लडाकू मारिएका छन् ।

यद्यपी सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको झडपमा परी तीन सुरक्षा अधिकारीको पनि मृत्यु भएको छ ।

यस झडपमा परी चार सुरक्षा अधिकारी र सात तालिबान लडाकूको घाइते भएका छन् ।

तालिबान लडाकू समूहको बलियो पकड रहेको कान्दाहार प्रान्तमा केही समय यतादेखि सुरक्षा व्यवस्थामा सुधार भएको बताइन्छ । तर पनि तालिबान आतङ्ककारी समूहले यस प्रान्तमा बारम्बार आक्रमण गर्दै आएको पाइन्छ ।

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!