इरानी राष्ट्रपतिको भाइलाई अनिश्चितकालिन जेल सजाय, यस्तो छ कारण

Posted on: 05 May, 2019

वैशाख २२, तेहरान (रासस/एएनआई) | इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ ।

 भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाएको छ । 

“कतिपय आरोपमा उनीबाट गल्ती नभएको देखियो, तर अरु धेरै आरोपहरु पुष्टि भएकाले उनलाई कारागार राख्न आदेश दिइएको छ,” अदालतका एक जना कर्मचारी हमिद्रेज होसेनीले शनिबार बताएका छन् । 

सन् २०१५ मा भएको आणविक सम्झौतामा राष्ट्रपतिको विश्वास पात्रका रुपमा हुसेन संलग्न रहेका थिए । 

हुसेनले आफु्विरुद्ध लागेको अभियोगको अस्विकार गर्दै माथिल्लो अदालतमा जाने जानकारी दिएका छन् । उनले आफूलाई पूर्वाग्रहीपूर्ण तरिकाले फसाउन लागिएको आरोप लगाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!