भाजपा नेताको हत्या

Posted on: 05 May, 2019

वैशाख २२, श्रीनगर, भारत नियन्त्रित काश्मिर (रासस/सिन्ह्वा) | अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन् । 

भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका बेला उहाँमाथी आक्रमण भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार स्थानीय ७० वर्षीय गुलाम मोहम्मद मिरको हत्या भएको हो । उहाँ अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष हुनुहुन्थ्यो । घटनास्थल काश्मिरको राजधानी श्रीनगरबाट झण्डै ८६ किलोमिटर टाढा पर्दछ । 

“राती अवेर जवरजस्ती घरभित्र पसेका व्यक्तिले मिरमाथी प्रहार गरेको पाईयो,” एक प्रहरी अधिकारीहरुले सिन्ह्वासँग भने । 

आक्रमणपछि सख्त घाइते हुनुभएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिएको भएपनि उहाँको बाटोमै मृत्यु भएको बताइएको छ ।

प्रहरीले विद्रोही लडाकूहरु हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरेको छ । यस क्षेत्रमा बेला बेलामा यस्ता हत्याका घटना हुदै आएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!