कतारले दुश्मनलाई भिसा नदिने !

Posted on: 06 May, 2019

बैशाख २३, एजेन्सी | कतारले आफ्ना ‘दुश्मन’ लाई भिसा नदिने जनाएको छ । कतार आउन चाहने इजिप्सियनलाई लक्षित गर्दै कतारी पर्यटन परिषद्का महासचिव अकबर अल–बकिरले जनाएअनुसार कतारले आफ्ना मित्रहरुलाई मात्र दिने जनाएका हुन् ।

सन् २०१७ यता कतार र इजिप्टसहितका अन्य अरब मुलुकहरु साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइनबीच सम्बन्ध बिग्रिदै गएको अवस्थामा कतारी पर्यटन परिषद्को यस्तो भनाई सार्वजनिक भएको हो ।

ती मुलुकहरुले कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै सन् २०१७ मा द्विपक्षीय सम्बन्ध सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए । त्यसयता इजिप्टबाहेकका अरु खाडी मुलुकले कतारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन निर्देशन दिएपनि इजिप्टले त्यसो गरेको थिएन । कतारमा अझै पनि ठूलो सङ्ख्यामा इजिप्टका कामदारले काम गरिरहेको बताइन्छ ।

यसअघि कतारले अरब विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको मुलुक इजिप्टका नागरिकलाई आफ्नो मुलुक आउन नदिने आशंका बढिरहेका बेला कतारी पर्यटन परिषद्का महासचिवबाट यस्तो भनाइ आएको हो ।

यद्यपि कतारले आफ्नो मुलुकमा रहेका इजिप्टका नागरिकलाई देश निकाला भने नगर्ने बताइएको छ ।

कतारका २७ लाख जनसङ्ख्यामध्ये केबल ३ लाख मात्रै कतारी नागरिक छन् । जनसङ्ख्याको बाँकी हिस्सा भने अन्य मुलुकका कामदार तथा आप्रवासी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!