पाकिस्तानमा शक्तिशाली बम बिस्फोट: चारको मृत्य, १५ जना घाइते

Posted on: 08 May, 2019

बैशाख २५ , लाहोर | पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । 

प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ । मस्जिदभित्र महिलाहरु प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको छ । यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो । उक्त आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

इस्लामिक लडाकूहरुले पाकिस्तानमा प्रायः सुफी सम्प्रदायका व्यक्तिमाथि आक्रमण गर्ने गरेका छन् । पटकपटक आक्रमण हुन थालेपछि पाकिस्तान सरकारले यस मस्जिदमा सुरक्षा व्यवस्था कडा बनाएको थियो । 

स्थानीय प्रहरी अधिकारी मुहम्मद काशिफले घटनाको प्रकृति हेर्दा आत्मघाती आक्रमण देखिएको बताउनुभयो । उहाँले प्रहरीको सवारीमाथि लक्षित गरी आक्रमण भएको पनि जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!