पाकिस्तानमा बम बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लियो

Posted on: 09 May, 2019

वैशाख २६, लाहोर | पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लिएको छ ।

उक्त समूह पाकिस्तानी तालिबानबाट फुटेर बनेको हो । सोही समूहले यस विस्फोटको जिम्मा लिएको लाहोरबाट प्राप्त समाचारमा जनाइएको छ । 

लाहोरको एक मस्जिदमा भएको ऊक्त विस्फोटमा परी कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य दुई दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भएका थिए ।  

यस बिस्फोटको अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । यहाँको एक मस्जिदभित्र महिला प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको थियो । यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो । त्यस समयको उक्त आक्रमणमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको बताइएको थियो ।

इस्लामिक लडाकूले पाकिस्तानमा प्रायः सुफी सम्प्रदायका व्यक्तिमाथि आक्रमण गर्ने गरेका छन् । पटकपटक आक्रमण हुन थालेपछि पाकिस्तान सरकारले यस मस्जिदमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

तर कडा सुरक्षाकाबीच पनि हिंसात्मक हमलाहरु जारी रहेका छन् । ती हमलाहरुका कारण नागरिकको ज्यान गइरहेका समाचारहरु आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!