पाकिस्तानबाट भारत छिरेको विमान भारतले तत्काल ल्याण्ड गरायो

Posted on: 10 May, 2019

वैशाख २७, काठमाडौँ । पाकिस्तान तर्फबाट भारत छिरेको एक विमानलाई भारतीय वायुसेनाले जयपुरमा इमरजेन्सी ल्याण्ड गराएका छन् । भनिएको छ कि शुक्रवार पाकिस्तानतर्फबाट एन्टोनोव-१२ कार्गो विमान गैर-आधिकारिक एयर रूटबाट भारत छिरेको थियो । भारतीय एयर डिफेन्स सिस्टमले तत्काल उक्त विमानलाई ल्याण्ड गराएको थियो । बिमान ल्यान्डिङ गराएपछि पाईलटसँग सोधपुछ गरिएको छ ।

वायुसेनाका अधिकारीहरुका अनुसार एक अज्ञात विमान शुक्रबार ३:१५ बजे उत्तर गुजरातको क्षेत्रमा भारतीय एयरस्पेसमा छिरेको थियो । विमानले अधिकृत एयर ट्राफिक सर्विसेज (एटीएस) रूट पालना गरेको थिएन र भारतीय नियन्त्रण एजेन्सिहरुको रेडियो कलको प्रतिक्रिया दिईरहेको थिएन । यसै क्रममा एटीएस रूट बन्द गरेर उक्त बिमानलाई अगाडी जान रोकियो र निर्देशन बमोजिम जयपुरमा ल्याण्ड गराइयो । 


अधिकारीहरुका अनुसार एनटोनोव-१२ कार्गो विमान भारतीय सीमामा सत्ताईस हजार फीटको ऊंचाईमा थियो । यसै क्रममा उक्त बिमानसँग सम्पर्क गर्ने कोसिस गरियो, तर बिमानबाट प्रतिक्रिया आएन । जब सुखोईका दुई लडाकु विमानले चुनौती डियो तव पाइलटले एन्टोनोव-१२ कार्गो विमान कराचीको बाटो हुँदै दिल्लीको लागि जर्जियाबाट आएको थियो । त्यसपछी उक्त बिमानलाई जयपुरमा ल्यान्डिङ गराइएको थियो ।

ल्यान्डिङपछि सुरक्षाबलले विमानको तलाशी लिएको थियो । बिमानमा खानतलासी लिंदा कुनै कुनै सन्दिग्ध सामान फेला परेन । पाइलट र क्रू मेम्बर्ससँग अधिकारीहरुले अनुसन्धान जारी राखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!