पूर्व उप अर्थमन्त्रीलाई पन्ध्र बर्षको जेल सजाय

Posted on: 13 May, 2019

वैशाख ३०, बेइजिङ (रासस/सिन्ह्वा) | चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ ।  

लाखौ रुपैया अनियमिता गरेको आरोपमा उहाँलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

उहाँले अवैध तरिकाले कमाएको सवै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ । 

त्यस बाहेक उहाँलाई ६० लाख युआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

अदालतले सन् १९९५ देखि २०१८ को बीचमा उहाँले विभिन्न पदमा रहदा पदिय अधिकारको दुरुपयोग गरी व्यक्तिगत र व्यापारिक फाईदा लिएको पाइएको जनाएको छ । 

उहाँले उपहार तथा रकमका रुपमा झण्डै ६ करोड ६९ लाख ८० हजार युआन लिनु भएको पनि अदालतले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!