साइप्रसमा नेपालीसहित ७ जना प्रवासी महिलाको हत्या

Posted on: 14 May, 2019

बैशाख ३१, काठमाडौं | साइप्रसमा पछिल्लो केही हप्ताभित्र एक नेपालीसहित सातजना प्रवासी महिलाको हत्या भएको छ । हत्या गरिएका धेरै महिला एसियाका हुन् । 

यो घटनापछि अहिले साइप्रसमा त्राश र भय उत्पन्न भएको छ । यो द्वीपीय देशमा सिरियल किलिंगलाई लिएर मानिसहरुमा आक्रोश देखिएको छ । मानिसहरुले आफ्नो रिस प्रहरी प्रशासनमाथि पोखेका छन् । 

मिडिया रिपोर्टका अनुसार, अप्रिलदेखि अहिलेसम्म सात जना प्रवासी महिलाको हत्या भएको हो, जसमा एकजना नेपाली र चारजना फिलिपिन्सका महिला रहेका छन् । त्यसैगरी हत्या गरिएकामा ६ देखि ८ वर्षसम्मका दुईजना बालिका पनि रहेका छन् ।  हत्या गरिएका महिलाहरुको परिचय भने खुलाइएको छैन ।एजेन्सीबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!