महाराष्ट्रमा भयानक दुर्घटना, १३ जनाको मृत्यु

Posted on: 21 May, 2019

जेठ ७, काठमाडौं । भारतको महाराष्ट्रमा ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो महाराष्ट्रको बुलढाणा भन्ने स्थानमा यो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ट्रकको टायर पड्किएपछि अनियन्त्रित हुँदै म्याजिक भ्यानमाथि चढेको थियो । म्याजिक भ्यानमा १८ जना थिए । ६ घटनास्थलमै र ७ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको एसपी पाटिल भुजबलले बताएका छन् ।

घाइते तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नुन बोकेको ट्रक गुजरातबाट नागपुर जाँदै थियो । यसै गरी म्याजिक भ्यानमा सवार यात्रुहरु मलकापुरबाट कर्नाटकको अनुराबाद तर्फ गइरहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!