आज भारतीय लोकसभा चुनावको मत परिणाम आउँदै, जित्ने कांग्रेसको दावी

Posted on: 23 May, 2019

जेठ ९, एजेन्सी | आज भारतमा भावि सरकार कसले बनाउने भन्ने तय हुँदैछ  । भारतका ९० करोड मतदातामध्य ६० करोडभन्दा बढीले चुनावमा सहभागीता जनाएका थिए । तिनले हालेको मत भोटिङ मेसिनमा सुरक्षित रहेकोमा आज परिणाम सार्वजनिक हुनेछ । 

यसपटकको चुनावी अभियान निकै कडा रहेको छ । सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) पहिलो पार्टी बनेको थियो जसले तीन दशकपछि स्पष्ट बहुमत पाएको थियो । यसपटक पुनः बिजेपी सत्ता हाँसिल गर्ने कोसिस गरिरहेको छ ।

नयाँ दिल्ली लोकसभा सिटका कांग्रेस उम्मेद्वार अजय माकनले भोटको गन्ती सुरु हुनु अघि नै कांग्रेसको जीतको दाबी गरेका छन् । उनले ट्वीट गरेर भने, ‘चुनाव नतिजा निश्चित रुपमा कांग्रेसको पक्षमा हुनेछ । हामीलाई आशा छ कि कांग्रेसकै जित हुनेछ र यसैले सरकार बनाउनेछ । राहुल गान्धी प्रधानमन्त्री हुनेछन् । दिल्लीमा लडाईं कांग्रेस र भाजपाबीच छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!