कारागारभीत्र दश जनाको मृत्यु, पाँच जनाको टाउको काटेर हत्या

Posted on: 17 Jun, 2019

असार २, पाराग्वे (रासस/एएनआई) | पाराग्वेको सान पेड्रो कारागारमा आइतबार भएको झडपका क्रममा कम्तीमा दश जनाको मृत्यु भएको छ । 

मृत्यु भएका मध्ये पाँच जनाको टाउको काटेर हत्या भएको पाराग्वेको राज्यद्वारा संचालित सञ्चार माध्यमले जनाएको छ ।

अधिकारीहरूलाई उद्धृत गर्दै संप्रेषित समाचारमा चार जनाको आगो नियन्त्रण गर्ने क्रममा र अर्का एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उल्लेख छ । 

दुई आपराधिक समूहका बीचमा हुलदङ्गा भएको र त्यस क्रममा अरु दश जना घाइते पनि भएको अधिकारीहरूले जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!